झापा, बैशाख ४ । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका– १० मा ज १० प ४०२८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री स्थानीय ४१ बर्षीय बद्रीबिक्रम श्रेष्ठलाई ठक्कर दिएको थियो । घाईते श्रेष्ठलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै बिराटनगर– १४ स्थित भित्री सडकखण्डमा जतुवाबाट रानीतर्फ आउँदै गरेको को २६ प ९८५१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको को २ त ५५४६ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक स्थानीय ४५ बर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । दुबै घटनाका चालक तथा सवारीसाधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्