झापा,बैशाख ४ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धान लेखनमा आर्थिक सहयोग पाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल र एशियाली अध्ययन केन्द्र (सीनास) बिच भएको सम्झौताअनुसार २५ हजार रुपियाँ आर्थिक सहयोग पाउने छन् । त्रिवि स्ववियु सभापति श्यामराज ओझा र सीनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

स्ववियु सभापति ओझाले त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सबै केन्द्रीय विभागका एक–एक जना उत्कृष्ट विद्यार्थीले थेसिस अनुसन्धानमा सहयोग पाउनेगरी सम्झौता भएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्