बिर्तामोड ,बैशाख ९ । झापाको बिर्तामोडमा चितुवा देखा परेको छ ।

आज साँझ करिव ७.४० बजेतिर बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा चितुवा देखा परेको स्थानीय धनपति सत्यालले बताए । उनले आफू पूर्वतिरबाट मोटरसाइकलमा आउँदै गर्दा राजमार्ग उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको चितुवासंग झन्डै ठोक्किएको जानकारी दिए । उनका अनुसार सो चितुवा करिव तीन फुट अग्लो , पाँच फुट लम्बाईको रहेको छ ।

राजमार्ग दक्षिण चिया बगानभित्र गएको सो चितुवाबाट सतर्क गराउन आफूले प्रहरीलाई खबर गरिसकेको सत्यालले बताए । त्यसबारे बुझ्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्