![](https://pratidindaily.com/wp-content/uploads/2024/04/mrityu-1.png)
झापा,बैशाख १० । पाँचथरको हिलिहाङ गाउँपालिका– ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । आइतबार राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा स्थानीय ५१ वर्षीय मन कुमार सिगुको मृत्यु भएको छ ।
बन्दुकको फाइरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरीरको विभिन्न भागमा लागेर उनी घाइते भएको र उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।