झापा,बैशाख १० । झापामा फेरि ठूलो परिमाणमा लागूऔषधसहित एक कारोबारी पक्राउ परेका छन् ।

आज साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपालद्वारा परिचालन गरिएको तालिमप्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । हालसम्म तालिमप्राप्त कुकुरबाट ११ पटकमा १०५.०५ ग्राम ब्राउनसुगरसहित ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाइएको छ ।

हिजो मात्र अर्जुनधारा ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ठूलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नं. ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका छन् । उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्