![](https://pratidindaily.com/wp-content/uploads/2024/04/election-commission_hwwIKoqZqq-1024x576.webp)
झापा,बैशाख १२ । आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको छ ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।
वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् ।