झापा, बैशाख १३ । झापाको अर्जुनधारामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आज दिउँसो ४ बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नम्बर ८ पिपल चोक बस्ने मजनुर महमदको घर जलेर नष्ट भएको हो । एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाँटी बेरा भएको भुइँतले घरमा कोही नभएको अवस्थामा पश्चिमपट्टीको कोठामा विद्युत सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट कोठामा रहेको सुन १ तोला, नगद ५ हजार भारतीय रुपैयाँ, लत्ताकपडा, काठपातसमेत जलेर नष्ट हँुदा अन्दाजी दुई लाख दश हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीहरुको सहयोगमा साँझ ५ः५० बजे आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्