झापा, बैशाख १४ । गएराति झापाको मेचीनगर नगरपालिका वडा नं.१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति ८.३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक कार्कीको मृत्यु भएको हो । गम्भीर घाईते भई कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । हिजै मेचीनगरमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् । केही दिनदेखि झापामा सवारी दुर्घटना बढेको छ । बुधवार मात्र झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्