झापा,बैशाख १४ । नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरूमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महाराष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले बताइन् । त्यस्तै उनले पक्राउ पर्नेहरूमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेको बताइन।

उनले भनिन्, ‘जिल्ला काठमाडौँ कामनपा वडा नम्बर २४ दुच्छेनली टोलमा केही व्यक्तिहरूले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपछि यस कार्यालयबाट खटिएको टोलीले खोजी गर्दै जाँदा ७ जना व्यक्तिहरूलाई नगद र सुनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार न्युरोडको एक हुन्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्