झापा , बैशाख १५ । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रअन्तर्गत शनिश्चरे क्षेत्रमा आज विद्युत अवरुद्ध हुने भएको छ ।

शनिश्चरे फिडरको तार अपग्रेडिङ कार्य गर्नुपर्ने भएकाले शनिश्चरे फिडरअन्तर्गतका स्थानहरुमा आज बिहान ८ देखि बेलुकी ५ बजेसम्म विद्युत अबरुद्ध हुने अनारमनी वितरण केन्द्रले सूचना जारी गरी जनाएको छ ।