झापा, बैशाख १५ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बाह्रदशीका एक व्यक्ति पक्राउ परेका छन् ।

शनिवार दिउँसो २.३० बजेको समयमा बिशेष सूचनाको आधारमा झापा गाउँपालिका वडा नम्बर ५ पन्थापडास्थित हुलाकी राजमार्गमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाईकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाईकल चालक बाह्रदशी गाउँपालिका वडा नम्बर ४ चकचकी बस्ने बर्ष ३२ का जफिर आलमको साथबाट प्लाष्टिकसहित १९ ग्राम २२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

नगद ११ हजारसमेत फेला पारी मोटरसाईकलसहित चालक आलमलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्