हल्दिवारी , बैशाख १६ । हल्दिबारी गाउँपालिकाले विपन्न आवासमा बसोबास गर्ने १२ परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।

हल्दिबारी गाउँपालिकामा भएका अति विपन्न नागरिकहरुको छनोट गर्ने क्रममा विपन्न आवासमा बस्ने परिवारका ५० जनाको स्वास्थ्य बिमा गरि हिजो बिमा कार्ड वितरण गरिएको हो। उनीहरूको बिमावापत गाउँपालिकाले ४४ हजार ८ सय रुपैयाँ खर्च गरेको छ।

विपन्न नागरिकहरुले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा लिन सकून् भनेर यो कार्यक्रम संचालन गरिएको अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए।

१२परिवारको बसोबास रहेको आवास क्षेत्रमा शौचालय, विद्युत,खानेपानीलगायतका अत्यावश्यक सेवा सुरूवातबाटै उपलब्ध गराइएको छ भने विद्यार्थीहरुका लागि नजिकै विद्यालय तथा गाउँपालिकाको आधारभूत अस्पताल पनि रहेको छ।
कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्