उमाकान्त खनाल,
इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको मतगणना अहिले बिहान ११ बजेबाट सुरु हुने भएको छ।

मतगणनाका लागि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। शनिवार भएको मतदानपश्चात् रातभर मतपेटिका संकलन गर्न समय लागेको थियो।मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध सभागृहमा संकलन राखिएको छ ।
सभागृहका दुई स्थानमा मतगणनाका लागि तयारी गरिएको छ। निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्