झापा, बैशाख १६ । झापाको बाह्रदशी १ भागडुब्बामा अटोमा अचानक आगलागी हुँदा चालक घाइते भएका छन् ।

राजगढबाट नयाँबस्तीतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ८७१ नं को अटोमा आज दिउँसो ३.३० बजेतिर अचानक आगलागी भएको हो । अगाडिको चक्काको पत्ती भाच्चिएर चालक आफैले मर्मत गर्नेक्रममा तार सर्ट हुँदा अटोमा आगलागी भएको बताइएको छ ।आगलागीबाट दमक ४ घर भई बाह्रदशी ३ राजगढमा बस्दै आएका अटोचालक ५५ वर्षीय गोपाल थापा घाइते भएका छन् । हात जलेका उनलाई राजगढ पोलिक्लिनिकमा उपचार गरिएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । आगलागीबाट अटो क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्