झापा,बैशाख १८ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले नेतृत्व गरेको गैरनाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पताल दमकले एक वर्षमा ५० हजारभन्दा बढी बालबालिकाको उपचार गरेको छ । सेवा सुरु गरेको एक वर्षपछि यसै महिनादेखि अस्पतालमा शल्यव्रिmया सेवासमेत सुरु भएको अस्पतालका मेडिकल डाइरेक्टर जयमणि श्रेष्ठले बताए ।

विपन्न र असहाय वर्गका बालबालिकालाई सहज एवं निःशुल्क उपचार प्रदान गर्ने उद्देश्य अनुसार खोलिएको अस्पतालमा अहिले बिरामीको चाप बढ्दै गएको छ । श्रेष्ठले भने, “अत्याधुनिक शल्यव्रिmया कक्ष बनाएर सञ्चालनमा ल्याइसकेका छौँ । कोशी प्रदेश र बाहिरबाट समेत बालबालिका उपचारका लागि यहाँ आउने गरेका छन् ।”

यसभन्दा अघि नै अस्पतालमा भेन्टिलेटरसहितको आकस्मिक तथा सघन उपचार सेवा सुचारु भइसकेको थियो । बालबालिकाका जटिल रोगको शल्यव्रिmयासमेत यहीँ गरिने लक्ष्य रहेको पनि श्रेष्ठले जनाए । सकेसम्म उपचारका लागि आएका बालबालिकालाई अन्यत्र पठाउनु नपरोस् भनेर अस्पतालका सेवा त्यसै अनुसारको बनाउँदै लगिने लक्ष्य रहेको छ ।

पूर्वमा सामुदायिक रूपमा सञ्चालन भएको बालबालिकाको उपचार गर्ने विशिष्टीकृत अस्पताल नहुँदा यस क्षेत्रका बिरामीलाई काठमाडाँै वा भारतको सिलगुढी लैजाने अवस्था रहेको थियो । कोशी प्रदेश सरकारले निःशुल्क बालबालिकाको उपचार गर्ने घोषणा गरे अनुसार यस अस्पतालमा पनि उपचार हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्