झापा,बैशाख १८ । पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ का खड्गबहादुर चेम्जोङको रुखबाट लडेर मृत्यु भएको छ।

फाल्गुनन्द ५ जिङ्जुवाको जङ्गलमा घाँस काट्न गएका चेम्जोङको रुखदेखि लड्दा ज्यान गएको हो।

सोमबार अपरान्ह घाँस काट्न गएका ५० वर्षीय चेम्जोङ घर नफर्केपछि खोजी गर्दा लडेर मरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

चेम्जोङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्