झापा,बैशाख १८ । ‘जाऊँ साइँली बेनी बजार’को नयाँ भर्सन सार्वजनिक भएको छ। लोकगायक स्वर्गीय पदम बिस्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा बजारमा आएको हो।

लोचन भट्टराई र गायक हेमन्त कान्छा रसाइलीको आवाजमा गीत बजारमा आएको हो। वरिष्ठ गायक तथा सङ्कलकसमेत रहेका स्वर्गीय विष्टको सम्झनामा नयाँ भर्सन निर्माण गरिएको हो।

गीतमा शब्द स्वर्गीय विष्ट तथा सपना रसाइलीको र सङ्गीत पनि विष्टकै रहेको छ। गीतको म्युजिक भिडियोको निर्देशन सुनिल बिक र कोरियोग्राफर रोशन विश्वकर्माले गरेका हन् ।

छायाङ्कनमा करन चैसिरले मेहनत गरेका छन् । गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीले अभिनय गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्