झापा, बैशाख १८ । सशस्त्र प्रहरीले झापामा ठूलो परिणाममा लत्ताकपडा बरामद गरेको छ ।

आज बिहान ७ बजे मेचीनगर नगरपालिका ७ सालघारी र गैरीगाउँ सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्ठको कमाण्डमा खटिएको २५ जनाको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याएको सामानहरु नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी र भन्सार कार्यालयको आवश्यक सहयोगमा अन्दाजी मूल्य ३८ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्