झापा, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिका–१ मा भीषण आगलागी भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/04/thumb-9.jpg)
आगलागीले बस्ती नै सखाप पारेको छ । आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको भएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।
वडाध्यक्ष जयकिशोर दासका अनुसार २ सयभन्दा बढी घरटहरा जलेका छन् । त्यसक्रममा २ सय भन्दा बढी परिवार विस्थापित भएका छन् । अहिले नै क्षतिको विवरण आइनसकेको वडाध्यक्ष दासले बताए । स्थानीय र सुरक्षा निकायले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट केही पशुचौपायासमेत मरेका छन् ।