बिर्तामोड, बैशाख १८ । बिर्तामोडमा हात्तीपाइलेका तीनजना नयाँ रोगी भेटिएका छन् ।

बिर्तामोड नगरपालिकामा वडा नं ५ मा मंगलवार ३ जना हात्तीपाइलेका रोगी भेटिएका हुन् । दुईजना पुरुष र एकजना महिलामा हात्तीपाइलेको लक्षण देखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिए । यसअघि गत वर्ष बिर्तामोडको वडा नं १ मा एकजनामा हात्तीपाइलेको लक्षण देखिएको थियो ।

झापासहित सात जिल्लामा बैशाख १६ देखि ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम चलिरहेको छ । त्यसक्रममा नयाँ रोगी फेला परेका हुन् । झापामा गत वर्ष करिव १४१ जना हात्तीपाइलेका रोगी रहेका थिए । यस वर्ष निकै विरामी थपिने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्