झापा, बैशाख १९ । तीस वर्षकै कलिलो उमेरमा दुवै मिर्गौला बिग्रिएर उपचार अभावमा रहेकी झापा अर्जुनधारा ५ फूलवारीकी केशवती राजवंशीलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले सहयोग गरेको छ ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओली नेतृत्वको टोलीले केशवतीको घरमै पुगेर नगद , खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । श्रीमानसंग ७ वर्षअघि सम्बन्ध बिच्छेद गरी १३ वर्षकी छोरी रश्मी राजवंशीलाई माइतमा राखेर केशवती वैदेशिक रोजगारीका लागि दुबई गएकी थिइन् । करिव पाँच महिनाअघि दुबईमै दुईवटै मिर्गौला फेल भएको चिकित्सकले बताएपछि नेपाल फर्केर उनी माइतमा आश्रय लिइरहेकी छन् । उपचारसंगै खाने र बस्ने समस्याबाट समेत उनी गुज्रिरहेकी छन् ।

केशवतीलाई उनकी आमाले प्रत्यारोपणका लागि मिर्गौला दिन खोजिरहेकीले र विरामीलाई खान , बस्न र उपचारमा असाध्यै समस्या भएको खबर सुनेर केही लत्ताकपडा, खाद्यान्नसहित उपचारमा सहज होस् भनी जीवन रक्षाको लागि केही नगद सहयोग गरेको अध्यक्ष ओलीले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्