बिर्तामोड , बैशाख १९ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा गोर्खा टेलरिङले दुई जना श्रमिकलाई सम्मान गरेको छ ।


बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि टेलरिङमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको गोर्खा फाउण्डेशनका अध्यक्ष तथा टेलरिङका प्रबन्ध निर्देशक वीरु दर्नालले बताए ।

टेलरिङका कटिङ मास्टर नन्दु राजवंशी र बिक्री प्रबन्धक मेघप्रसाद अधिकारीलाई नगदसहित सम्मान गरिएको हो ।मास्टर राजवंशीको कटिङ कलाबाट आफू निकै नै प्रभावित भएको र आजसम्म ९९ प्रतिशत ग्राहकलाई खुशी राख्न सफल राजवंशीबाट निर्देशित कुनै पनि सुट तथा अन्य कपडाको सिकायत आफूले सुन्नु र भोग्नु नपरेको दर्नालले बताए । मिठो बोली , फुर्तिलो शरीर , अधिक समय दिन सक्ने बिशेषताका कारण राजवंशीबाट आफू प्रभावित भएको कुरा दर्नालले दोहोर्याए ।

त्यस्तै सँधैंभरि आफूले समय दिन नसक्ने हुनाले टेलरिङको सम्पूर्ण रेखदेख, हिसाब किताव , ग्राहक सेवामा अनुशासित एवम् धैर्यताका साथ आफ्नो कर्मलाई विश्वास गर्ने अर्का कर्मचारी अधिकारीलाई बिशेष दिनको अवसरमा सम्मान गर्न पाउँदा आफू खुशी भएको दर्नालले बताए ।

दश वर्ष अघिदेखि संचालनमा आएको गोर्खा टेलरिङले खाँडीको दौरा , अल्लोको कोट , विवाहको सुट , कार्यालय पोशाक एवम् विद्यार्थी पोशाक उपलब्ध गराउँदै आएको छ । सामाजिक कार्यमा समेत समर्पित गोर्खा टेलरिङले बिभिन्न समयमा गोर्खा फाउण्डेशनमार्फत् सामाजिक कार्यमा योगदान दिँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्