झापा,बैशाख २० । झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी–६ निवासी ४५ वर्षीय बन मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाह्रदशी–६ रुपचनबारी स्थितमा प्रदेश १–०१–०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदल यात्री मुर्मूलाई ठक्कर दिँदा घाइते भएका थिए ।

उनको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालक ३४ वर्षीय वसन्त राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्