झापा, बैशाख २१ । झापाको दमकमा आज बिहान आगलागी भएको छ ।

दमक ६ स्थित नयाँ सब्जी बजार छेउमा बिहान ६ बजेतिर आगलागी भएको हो । चारतले घरको भुइँतलामा रहेको प्रेम पूर्वेको मसला गोदाममा विद्युत सर्ट भई आगलागी हुँदा करिव २० लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक र उर्लाबारी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्