बिर्तामोड ,बैशाख २१ । बिर्तामोड ४ का युवाहरुलाई स्वरोजगार बनाउन कुकिङ तालिम दिन थालिएको छ ।

सीप विकास तथा क्षमता अभिबृद्धि उपभोक्ता समिति बिर्तामोड –४ को आयोजना , बिर्तामोड नगरपालिका ४ नं वडा कार्यालयको सहयोग र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको प्रायोजनमा युवाहरुलाई ३५ दिने होटल ब्यबस्थापनतर्फ कुकिङ तालिम दिन थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष नारायण मुखियाको अध्यक्षता तथा बिर्तामोडमा ४ का वडा अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा हिजो तालिम सुरुवात गरिएको हो।

कार्यक्रममा आदर्श स्कुलका डाइरेक्टर सन्जोग खरेलले युवामा कुकिङको अबधारणा भएपनि यसलाई ब्यावसायिक रुपमा सीप सिकेर अघि बढ्न मद्धत मिल्ने बताए। वडा प्रतिनिधि केशवकुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा वडा सदस्य निर्मला ल्वागुन, आदर्श टोल विकास संस्थाका चन्द्रप्रसाद दाहाल ,मेघाबारी टोल विकास संस्थाका पुप्ष खडकालगायतले शुभकामना मन्तव्य राखेका थिए । आदर्श स्कुलका तालिम संयोजक दीपक दास ,सेफ भुवन दंगाल ,सन्तोष मगरले तालिमलाई भाबी दिनमा व्यबहारमा उतार्न प्रेरणा दिएका थिए । तालिममा ५० भन्दा बढी युवा सहभागी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्