झापा, बैशाख २१ । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ ।

उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएका चन्द्रबहादुर अधिकारी गजमेरकी १८ वर्षीया छोरी एनिका अधिकारी गजमेरमाथि शुक्रवार दिउँसो करिब साढे १२ बजेको समयमा गोली प्रहार भएको हो ।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक– ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको हाल आइसियुमा उपचार भइरहेको छ । छात्रामाथि सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको दमक प्रहरीले जनाएको छ । गोली हानेर फरार भएका ती युवकको खोजी कार्य भइरहेको छ । गोली चलेको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्