बिर्तामोड ,बैशाख २२ । बिर्तामोडको मुक्तिचोकदेखि महानन्द चोक खण्डसम्म आज दिनभरि विद्युत अवरुद्ध हुने भएको छ ।

अनारमनी वितरण केन्द्रअन्तर्गत मुक्तिचोकदेखि महानन्द चोक खण्डमा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म शनिश्चरे फिडरको हाईटेन्सन लाईन ११ केभी प्रसारण लाइनको कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले सो अवधिमा त्यस क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो ।

शनिश्चरे फिडरअन्तर्गत दासपुल एरिया , नयाँ खानेपानी एरिया, बिहानी टोल , हिमाली टोल , छाता चोक , सानो संसार हाउजिङ, त्यस्तै बजार फिडरअन्तर्गत पाथीभरा टोल , एमिटी कलेज एरिया , सिनेप्लाजा , शान्ति टोलमा बिजुली नहुने अनारमनी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्