बिर्तामोड , बैशाख २२ । बिर्तामोडमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको बस चारपानेमा दुर्घटना हुँदा करिव डेढ दर्जन घाइते भएका छन् ।

गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ न. को बस चारपानेमा बाटो दक्षिणपट्टि पल्टिएको हो । दुर्घटनामा अहिलेसम्म १६ जना घाइतेलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको र अझै घाइतेको संख्या थपिन सक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् । बिर्तामोडको सिटी सेन्टरमा आज माओवादीनिकट वाइसिएलको छैठौ जिल्ला भेला आयोजना गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्