बिर्तामोड , बैशाख २२ । बिर्तामोडमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर आउँदै गरेको बस चारपानेमा दुर्घटना हुँदा घाइते हुनेहरुको संख्या २७ पुगेको छ ।

गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ न. को बस चारपानेमा बाटो दक्षिणपट्टि पल्टिएको हो । आज दिउँसो १.४५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपाने चोकमा वाइसिएलको कार्यक्रममा कार्यकर्ता लिएर आउँदै गरेको बस आफै अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । बिर्तामोडको सिटी सेन्टरमा आज माओवादीनिकट वाइसिएलको छैठौ जिल्ला भेला आयोजना गरिएको छ । सबै घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा भईरहेको छ ।

घाइते हुनेहरुमा
१) गौंरीगञ्ज गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष २४ का चमारु मालीको दुबै हातमा चोट अवस्था सामान्य ।
२)ऐ,ऐ,१ बस्ने बर्ष १९ का रवि कोच दुबै खुट्टामा चोट अवस्था सामान्य ।
३)ऐ,ऐ, बस्ने बर्ष २२ का अजय कोच बायाँ हातमा सामान्य चोट अवस्था सामान्य ।
४)ऐ,ऐ,२ बस्ने बर्ष २० का शंकर आस्था बाहिरी चोट नभएको सामान्य ।
५) ऐ,ऐ, बस्ने बर्ष २९ को प्रमोद ताजपुरिया बायाँ हातमा चोट सामान्य ।
६) ऐ,ऐ,१ बस्ने बर्ष २२ का भरत राजवंशी बाहिरी चोट नभएको सामान्य ।
७) ऐ,ऐ,२ बस्ने बर्ष २६ का मोहितकुमार ताजपुरिया बाहिरी चोट नभएको सामान्य ।
८) ऐ,ऐ,बस्ने बर्ष४७ का शिब मुर्मू बाहिरी चोट नभएको सामान्य ।
९) ऐ,ऐ, बस्ने बर्ष २० का अशोक ताजपुरिया बाहिरी चोट नभएको सामान्य ।
१०) ऐ.ऐ. बस्ने बर्ष ३२ का गंगालाल राजवंशी टाउको दुखेको बाहिरी चोट नभएको सामान्य ।
११) ऐ.ऐ. बस्ने बर्ष ४० का सूर्यप्रसाद राजवंशी बाहिरी चोट नभएको सामान्य ।
१२) ऐ.ऐ.४ बस्ने बर्ष ४४ का रामेश्वर माली बाहिरी चोट नभएको सामान्य ।
१३) ऐ.ऐ.बस्ने बर्ष १४ का झलनाथ राजवंशी बाहिरी चोट नभएको सामान्य ।
१४) ऐ.ऐ. बस्ने बर्ष १८ का नरेशप्रसाद राजवंशी बाहिरी चोट नभएको सामान्य ।
१५) ऐ.ऐ.बस्ने बर्ष ३० की मेनुका राजवंशी बायाँ हातमा चोट अवस्था सामान्य ।
१६) ऐ.ऐ. ५बस्ने बर्ष २५ की सुनिता राजवंशी बाहिरी चोट नभएको सामान्य ।
१७) ऐ.ऐ. बस्ने बर्ष ३५ की सहुना राजवंशी बाहिरी चोट नभएको सामान्य ।
१८) ऐ.ऐ.३ बस्ने बर्ष ५६ का राजेन्द्र राई बाहिरी चोट नभएको सामान्य ।
१९) ऐ.ऐ.२ बस्ने बर्ष १४ का राहुल ताजपुरिया बाहिरी चोट नभएको सामान्य ।
२०) ऐ.ऐ.१ बस्ने बर्ष २४ का निर्मल राजवंशी दुबै हात खुट्टामा सामान्य चोट ।
२१) ऐ.ऐ.बस्ने बर्ष २० का खगेन्द्र राजवंशी बाहिरी चोट नभएको सामान्य ।
२२) ऐ.ऐ.२ बस्ने बर्ष २२ का अजयकुमार ताजपुरिया बायाँ खुट्टामा सामान्य चोट ।
२३) ऐ.ऐ.२ बस्ने बर्ष ४० का मिनीराज राई बायाँ हातमा चोट सामान्य ।
२४) ऐ.ऐ.२ बस्ने बर्ष ५५ का हंसनारायण राजवंशी दुबै खुट्टामा चोट सामान्य ।
२५) ऐ.ऐ.२ बस्ने बर्ष १९ का दिपक बास्के दाहिने हातमा चोट सामान्य ।
२६) ऐ.ऐ. बस्ने बर्ष ४४ का मोति नेपाल बायाँ हातमा सामान्य चोट
२७) ऐ.ऐ.बस्ने बर्ष ४४ का चक्र भुजेल बाहिरी चोट नभएको सामान्य ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्