झापा, बैशाख २३ । हिजो साँझ मेचीनगर १५ स्थित ज्यामिरगढी– चन्द्रगढी सडकमा ट्रयाक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

साँझ ७.३० बजेतिर गाहिनावारीस्थित सडकखण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे १ त ५३१९ नं को ट्रयाक्टरसंग विपरित दिशाबाट जाँदै मे ११ प ९०२ न. को मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल २ बस्ने २७ वर्षीय ज्ञान अधिकारीको मृत्यु भएको हो । घाइते अधिकारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा राति ८.३० बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक अधिकारी कचनकवल २ का पूर्व जनप्रतिनिधि चन्द्रशंखर अधिकारीका कान्छा छोरा हुन् । ट्रयाक्टर , ट्रयाक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्