झापा,बैशाख २४ । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमअन्तर्गत झापाका आधाभन्दा बढीले औषधि खाएका छन् ।

बैशाख १६ गतेदेखि शुरु भएको हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत बैशाख २३ गते अर्थात आठौ दिनसम्म जिल्लाका ५६ प्रतिशतले औषधि खाइसकेका छन् । जिल्लाको कुल जनसंख्या १० लाख १२ हजार ६४२ मध्ये आठौ दिनसम्म ५ लाख ७६ हजार ८९३ जनाले हात्तीपाइलेको औषधि खाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जुन ५६.९६ प्रतिशत हो ।

जिल्लाका १५ वटा पालिकामध्ये बिर्तामोडले सबैभन्दा धेरै प्रगति गर्दै पहिलो स्थान ओगटेको छ । बिर्तामोडको कुल जनसंख्या १ लाख २० हजार ३३८ मध्ये आठौ दिनसम्म १ लाख २ हजार ६६४ अर्थात ८५.३१ प्रतिशतले औषधि खाएका छन् । त्यस्तै दोस्रो स्थानमा कन्काई नगरपालिका रहेको छ । कन्काईले कुल जनसंख्या ५४ हजार २१४ मध्ये आठौ दिनसम्म ४१ हजार ६९८ अर्थात ७६.९१ प्रतिशतलाई औषधि सेवन गराएको छ । तेस्रो स्थानमा रहेको बुद्धशान्तिले कुल जनसंख्या ५३ हजार १० मध्ये ४० हजार २२६ जना अर्थात ७४.१६ प्रतिशतलाई औषधि खुवाएर तेस्रो स्थान हासिल गरेको छ ।त्यस्तै मेचीनगरले ७५ हजार ६३९ अर्थात ५६.७७ प्रतिशत ,अर्जुनधाराले ४६ हजार ५८० अर्थात ५३.६४ प्रतिशत , शिवसताक्षीले ३९ हजार ५७० अर्थात ५२.०२ प्रतिशत ,कमलले २२ हजार ३४२ अर्थात ४०.८४ प्रतिशत , दमकले ६३ हजार ८३७ अर्थात ५६.९७ प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै गौरादहले २० हजार ३६९ अर्थात ३३.०२ प्रतिशत , गौरीगञ्जले १७ हजार ४२८ अर्थात ४९.३४ प्रतिशत , झापा गाउँपालिकाले २१ हजार ८५६ अर्थात ५५.४० प्रतिशत , बाह्रदशीले १९ हजार ८२७ अर्थात ५२.३४ प्रतिशत , हल्दिवारीले १६ हजार ६९५ अर्थात ५०.८७ प्रतिशत , भद्रपुरले २२ हजार १९६ अर्थात ३१.१९ प्रतिशत र कचनकवलले ३९ हजार ६२२ अर्थात ७३.५५ प्रतिशतलाई हात्तीपाइलेको औषधि सेवन गराएका छन् ।

गत वर्ष झापाको बुद्धशान्तिले सबैभन्दा धेरै ९२ प्रतिशत, गौरीगञ्जले ९१ प्रतिशत , हल्दिवारीले ८९ प्रतिशत , कमलले ८५ प्रतिशत ,बाह्रदशी र गौरादहले ८३–८३ प्रतिशत , बिर्तामोडले ८२ प्रतिशत , मेचीनगरले ८१ प्रतिशत , झापा र कचनकवलले ८०–८० प्रतिशत , शिवसताक्षीले ७१ प्रतिशत , भद्रपुरले ५३ प्रतिशत , अर्जुनधाराले ५० प्रतिशत र कन्काईले ४६ प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाएका थिए । यस वर्ष झापासहित सात जिल्लामा बैशाख १६ देखि बैशाख ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम जारी रहेको छ । झापामा विगत १३ वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान जारी छ । डर त्रासका कारण अधिकांशले औषधि सेवन नगर्दा जिल्लामा अभियान सफल नभएको हो ।

यस पटक अन्तिम अभियान बनाउन पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला पक्ष सबै लागिपरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए । यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेका छन् । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकामा गए मात्र सेवा सुविधा पाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्