झापा, बैशाख २४ । नगर प्रहरी लगाएर बिर्तामोड १० पत्थरभिट्टाका भिष्म दर्नालको घर छेउमा बिजुलीको ट्रान्सफर्मर सारिदैँछ ।

दर्नालले विरोध जनाएपछि आज बिहान नगर प्रहरी बोलाएर ट्रान्सफर्मर सार्न लागिएको हो । करिव अढाई सय मिटर टाढा रहेको बिजुलीको ट्रान्सफर्मर बाटो विस्तारका क्रममा आफ्नो घरको छेउमा जबर्जस्ती सार्न लागेको भन्दै दर्नालले विरोध जनाएका छन् ।

बिर्तामोड १० नं वडा कार्यालय र स्थानीय टोल विकास संस्थाले आफूलाई पेलेर आफ्नो घर छेउको पैनीको जग्गामा ट्रान्सफर्मर राखेको उनले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्