झापा,बैशाख २४ । ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४’ को उपाधि डा. आयुष्नोभा ढुङ्गानाले प्राप्त गरेकी छन् । डा. ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४’ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जितेकी हुन् ।

प्रतियोगितामा ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेतासमेत छानिएको थियो । त्यस अन्तर्गत सजिना खनालले ‘मिस सुप्रा नेसनल–२०२४’ तथा धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’ को उपाधि हात पारे । प्रतियोगिताको अर्को महत्वपूर्ण ‘मिस ग्लोबल नेपाल–२०२४’ को उपाधि मोनिका अधिकारी तथा ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जितेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्