झापा,बैशाख २५ । वीरता लेडी जेसीजले एकजना दृष्टिविहीन महिलालाई फलफुल र नगद वितरण गरेको छ । झापा चारपानेकी दामोसरी राजवंशीलाई नगदसहित फलफुल वितरण गरिएको हो ।
माता तीर्थ औंशीको अवसर पारेर राजवंशीलाई ११ हजार नगद सहयोग प्रदान गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।
लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा आयोजित संक्षिप्त कार्यक्रमका बीच राजवंशीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
दृष्टिविहीन मात्र होइन, आफन्तविहीन अवस्थामा रहेकी राजवंशी केही समयअघि लडेर घाइते भएकी थिइन् । शुभेच्छुक र इष्टमित्रको सहयोगले उनको जीवन गुजारा चलिरहेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष संगीता गिरी, महासचिव मुना ढुंगेल लगायत लेडी जेसीजका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्