झापा,बैशाख २६ । चट्याङले लागेर झापा अर्जुनधाराका एक व्यक्तिको मृत्यु भएको छ ।

हिजो दिउँसो ४.५० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङले लागेर मृत्यु भएको हो ।

घरनजिकै मकैबारीमा मल लगाउँदै गरेको अबस्थामा अचानक परेको चट्याङले लागेर छाती तथा पेटको भागमा पिल्सिएको घाइते अबस्थामा उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएको थियो । गम्भीर घाइते दुलालको उपचारको क्रममा साँझ ६.२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्