बिर्तामोड, बैशाख २६ । झापाको बिर्तामोड–४ कालीमन्दिर टोलमा एक वृद्धा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

घरमा एक्लै बस्दै आएकी ६८ वर्षीया विष्णुमाया विष्ट मृत फेला परेकी हुन् । प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै घटनाका बारेमा अनुसन्धान गर्न कुकुर बोलाएको छ । ‘ घटना के भएको हो अहिले नै भन्न सक्ने अबस्था छैन’ झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले भने,‘ शंकास्पद मृत्युका बारेमा अनुसन्धान गर्न कुकुर बोलाएका छौं ।’

गएराति चोरले रडले हिर्काएर उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । राति गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेको एक स्थानीयले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्