झापा,बैशाख २६ । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०-८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसमान निर्यात भएको जानकारी दिए ।

उनले अघिल्लो आ.व.२०७९-८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताए । काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरुमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरु, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन् ।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा विरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्