बिर्तामोड, बैशाख २६ । लुटेराले रड प्रहार गरी बृद्धाको हत्या गरेको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालीमन्दिर टोलका ६६ वर्षीया विष्णुमाया विष्टलाई लुटेराले रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले कुकुर ल्याई अनुसन्धान थालेको छ भने शवलाई पोष्टमार्टमको लागि धरान पठाइएको छ । बृद्धाको टाउकोमा रड प्रहार गरी हत्या गरेको जस्तो देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । घटनामा हत्यामा प्रयोग भएको रड फेला परेको छ । मृतक बृद्धाको टाउको गंभीर चोट देखिन्छ भने औलामा पनि चोट लागेको डीएसपी विष्टले जानकारी दिए । हत्या गर्ने लुटेराले बृद्धाको सुन लुटपाट गरेको छ । ती बृद्धाले लगाएको सुन नरहेको डीएसपी विष्टले बताए ।

बृद्धा विष्णुमाया बुधबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।मंगलवार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाण्डौमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फोनपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई गएर आफ्नो घर हेरिदिन भन्दै फोन गरेका थिए। छिमेकीहरू भेला भएर केहीबेर कुरा गरेपछि उनीहरू आआफ्नो घरतिर लागेका थिए। छिमेकीहरू गइसकेपछि मृतक पनि घरभित्र सुतेको स्थानीयले बताए ।बिहान अबेरसम्म पनि उनी नउठेपछि स्थानीयहरू आएर हेर्दा गेटमा ताला लागेको तर घरको गेट भने खुल्लै अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव खाटभन्दा तल भुइँमा कोल्टे परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए। छोरा इन्द्र अमेरिका र प्रकाश काठमाडौँमा रहेकाले घरमा मृतक एक्लै बस्दै आएकी थिइन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्