भद्रपुर, बैशाख २७ । झापा गाउँपालिकामा वार्षिक ३ हजार ४ सय २५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाका अनुसार चालू आर्थिक बर्ष २०८०÷०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार ४ सय २५ पुगेको हो । यो संख्या हरेक वर्ष बढ्दै गएको छ ।
नेपाल सरकारले प्रदान गर्ने शीर्षकगत ८ वटा क्लस्टरका १२८२ पुरुष र २१४३ महिलाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरी पठाइएका जेष्ठ नागरिक, जेष्ठ दलित, एकल महिला, विधवा, पूर्ण अपांगता, अति अशक्त र अपांगता, दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोकेबमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३÷३ महिनामा बैकमार्फत उनीहरुकै खातामा हालिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिए ।

पालिकाले उपलब्ध गराएको विवरण अनुसार ९१२ पुरुष र ९६२ महिला गरि १८७४ जना जेष्ठ नागरिकले मासिक ४ हजारका दरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छन् ।
त्यस्तै ६० देखि ६८ वर्ष उमेर समूहका जेष्ठ दलित ५८ पुरुष र ४५ महिला गरी १०३ जनाले मासिक २३६० रुपैयाँ जेष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको विवरणमा जनाइएको छ ।

त्यसैगरी ३२० जना एकल महिला र ५५४ जना विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउँदै आएको छ भने १३६ जना पूर्ण अपांगता भएका ७३ पुरुष र ६३ जना महिलाले समेत मासिक ३९९० रुपैयाँका दरले अपांगता भत्ता प्राप्त गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्