झापा, बैशाख २७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् ।


बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीले आफ्नो शपथपछि दुई मन्त्री नियुक्त गरेका छन् । उनीहरुले पनि प्रदेश प्रमुखबाट शपथ लिएका छन् । नेकपा एमालेबाट इलामका रामबहादुर मगर र नेकपा माओवादी केन्द्रबाट मोरङका गणेश उप्रेतीले विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका मगर केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए । गत वर्षको कात्तिकमा उप्रेतीलाई मुख्यमन्त्री केदार कार्कीले मन्त्री बनाएपछि विनाविभागीय मन्त्री रहेका मगर सरकारबाट बाहिरिएका थिए । उप्रेतीले भने गत चैत २६ गते पर्यटन, वन तथ वातावरण मन्त्रीबाट राजीनामा दिएका थिए ।
मुख्यमन्त्री कार्कीलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्