झापा, बैशाख २७ । गोस्पेल फर एसियाका संस्थापक धार्मिक गुरु डा. केपी योहन्नाको कारको ठक्करबाट निधन भएको छ । घाइते योहन्नाको उपचारको क्रममा हृदयघातका कारण निधन भएको बताइएको छ ।

गोस्पेल फर एसिया ( जीएफए) का संस्थापक डा. योहन्नालाई बुधबार अमेरिकास्थित डलास नजिकैको जीएफए मुख्यालयनजिकै हिड्ने क्रममा कारले ठक्कर दिएको थियो । हालै जीएफए वर्ल्डको रूपमा पुनः नामकरण गरिएको गोस्पेल फर एसियाको एक विज्ञप्ति अनुसार योहन्नाको डालास, टेक्सासको एक अस्पतालमा अचानक हृदयघातका कारण मृत्यु भयो, जहाँ उनले दुर्घटना भएदेखि उपचार गराइरहेका थिए। बीईसीका प्रवक्ता फादर सिजो पाण्डापल्लिललाई उद्धृत गर्ने न्यु इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार योहन्ना मंगलबार बिहान ७ बजे विहान घुम्न बाहिर गएका थिए ।

दुर्घटनापश्चात् योहन्नालाई तत्काल हेलिकप्टरबाट अस्पताल लगिएको थियो । जहाँ डाक्टरहरूले उनको फोक्सोको शल्यक्रिया गरेका थिए। शल्यक्रियापछि उनलाई सघन उपचार कक्षमा चिकित्सकीय निगरानीमा राखिएको थियो ।

Kadapilaril Punnoose Yohannan ले बिलिभर्स इस्टर्न चर्चको मेट्रोपोलिटन विशपको रूपमा पनि सेवा गरेका थिए । एक अर्थोडक्स सम्प्रदाय जसले विश्वव्यापी ३.५ मिलियन सदस्यहरूसँग १५,००० चर्चहरू रहेको दावी गरेको छ । उत्तरी अमेरिकाको चर्चको डायोसेस डलासको ५० माईल पूर्वमा अवस्थित विल्स पोइन्ट, टेक्सासमा रहेको जीएफए विश्व मुख्यालयमा आधारित छ। बिलिभर्स चर्चअन्तर्गत ४०० भन्दा बढी चर्चहरु नेपालमा रहेको बताईएको छ ।

बिर्तामोड ४ मा निर्माण गरिएको नेपालकै ब्यवस्थित र ठुलो मानिएको बिलिभर्स चर्च भवन निर्माणका परिकल्पनाकार उनै डा. योहन्ना भएको बताईएको छ । गत महिना मात्र उनी यस चर्चको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी भएको चर्चका सदस्य वीरु दर्नालले बताए । पुनः नेपाल आउने उनको ईच्छा भने पुरा हुन सकेन ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योहन्नाको निधनमा ट्विट गर्दै दुःख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्