बिर्तामोड,बैशाख २७ । महेन्द्रा उत्सवअन्तर्गत ट्रयाक्टर खरिदमा लक्की ड्रमार्फत उपहार प्राप्त गर्नेलाई बिर्तामोडमा उपहार प्रदान गरिएको छ ।

महेन्द्राको ट्रयाक्टर खरिदमा लक्की ड्रमार्फत उपहार प्राप्त गर्ने पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ का मिसेक फियाकलाई ८ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको जावा मोटरसाइकल प्रदान गरिएको हो।

नेपालका लागि महेन्द्राको आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेटर तथा झापाका लागि आधिकारी बिक्रेता बिर्तामोडको सकुशल ट्रेडलिंकमार्फत मिसेकले गत दशैंताका ट्रयाक्टर खरिद गरेका थिए । मिसेकलाई महेन्द्राका कन्ट्री मेनेजर रक्सित राय, अग्नि इनकर्पोरेटरका उपनिर्देशक बरदान बस्नेत, अग्निका उपमहाप्रवन्धक प्रत्युस श्रेष्ठ, सकुशल ट्रेडलिंकका सञ्चालक टुकेन्द्रराज अधिकारी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटीलगायतले उपहार प्रदान गरेका थिए ।

महेन्द्रा उत्सवअन्तर्गत लक्की ड्रमार्फत दोलखा चरिकोटको देवकोटा निर्माण सेवालाई महेन्द्राको ३ लाख ५० हजार मूल्य बराबरको जेनेरेटर र बिरगञ्जका अदेश कुमारलाई महेन्द्राको ५ लाख ९५ हजार मूल्य बराबरको इअटो ‘टियोयारी’ उपहार लक्की ड्रमार्फत उपहार परेको सकुशल ट्रेडलिंकका प्रजित पुरीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्