झापा, बैशाख २८ । इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा गएराति भएको बोलेरो दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

राति १०.४५ बजेको समयमा सन्दकपुर ५ सापकोटा गाउँस्थित भित्री कच्ची सडकखण्डमा बिप्ल्याटेबाट जमुनातर्फ जाँदै गरेको प्र. १ –०३–००१ च ००६९ नम्बरको ४ वटा गोरु लोड गरेको बोलेरो पिकअप गोलाइ मोड्ने क्रममा आफै अनियन्त्रित भइ बाटोदेखि अन्दाजी ६० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीका सहचालक इलाम नगरपालिका ५ बस्ने अन्दाजी २२ वर्षका तोया घिमिरेको मृत्यु भएको हो । इलाम अस्पतालबाट थप उपचारको लागि झापा ल्याउने क्रममा बिहान २ बजे उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगूले बताए । मृतकको शव जिल्ला अस्पताल इलाममा राखिएको छ ।

दुर्घटनामा गाडी चालक इलाम ४ बस्ने २० वर्षीय अभिषेक तिवारी घाइते भएका छन् । ढाड र घुँडामा चोट लागेका तिवारीको अबस्था सामान्य रहेको छ । गाडी तत्काल घटनास्थलमा नै रहेको र गोरुहरु सकुशल रहेको डीएसपी जवेगूले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्