झापा,बैशाख २९ । सरकारले एक लाख ७३ हजार किलोभन्दा बढी रक्तचन्दन सम्बन्धित देशलाई फिर्ता गर्ने भएको छ। विभिन्न समयमा तस्करीलगायत कारणले नेपालमा ल्याइएको उक्त रक्तचन्दन उत्पत्ति मुलुकमा फिर्ता गर्ने भएको हो।

बिहीवारको मन्त्रिपरिषद् बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा १, लाख ७३ हजार ७१ किलो रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद् बैठकले विश्व वन्यजन्तु कोषबाट प्राप्त हुने १ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज विवरण सार्वजनिक गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्