झापा, बैशाख ३० । झापाको बिर्तामोडमा रहेको होटल किंग्सवेरीको क्यासिनोबाट निस्किएको कार गएराति दुर्घटनामा परेको छ ।

राति १ बजेतिर क्यासिनोबाट निस्किएको प्रदेश १–०२–००२च ६५०४ नं को कार सिधै होटलको उत्तरपट्टि खाल्डोमा जोतिएको हो । मादक पदार्थ सेवन गरी चालकले चलाउँदा कार दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ । दुर्घटनापछि कार चालक बेपत्ता भएका छन् ।

कारमा रहेको कागजातका आधारमा कारधनी इटहरीको भएको र उनलाई बोलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्