झापा,बैशाख ३० । मोरङको बूढीगंगा गाउँपालिका–६ सखुवाटोकीमा रहेको एउटा कृषि फार्ममा आगलागी भएको छ । सञ्जय चौधरीले सञ्चालन गर्दै आएको किवान्स कृषि फार्ममा शनिबार राति ९ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार आगोले कृषि फार्म र त्यहाँभित्र रहेका अन्नपात,भाँडावर्तन,लत्ताकपडा, कम्प्युटर, बा ५२ प ११८ नम्बरको मोटरसाइकलसहित नगद ४७ हजार रूपैयाँजति रकम जलेको छ । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने बस्नेतले बताए । उनका अनुसार प्रहरी,स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा ६ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । आगलागीमा मानवीय तथा चौपाया क्षति भने भएन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्