झापा,बैशाख ३० । कोशी प्रदेशमा हिउँदे बालीका रूपमा लगाउने गहुँको उत्पादनमा ह्रास भएको छ। कोशीमा गत वर्षको तुलनामा यस वर्ष ६ हजार ४ सय ५४ मेट्रिक टन हिउँदे बाली गहुँ उत्पादनमा ह्रास आएको हो।

गत वर्ष ५७ हजार २ सय १ हेक्टर क्षेत्रफलमा गहुँ लगाउँदा १ लाख ४७ हजार ३सय ३१ मेट्रिकटन गहुँ उत्पादन भएको थियो भने यस वर्ष ५३ हजार २ सय १८ हेक्टर क्षेत्रफलमा गहुँ लगाउदा १ लाख ३९ हजार ८ सय ७७ मेट्रिकटन गहुँ उत्पादन भएको हो। जुन गत वर्षको तुलनामा ६ हजार ४ सय ५४ मेट्रिक टन कम उत्पाद भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ।

गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा गहुँ लगाउने क्षेत्रफलमा समेत कमी आएको छ। निर्देशनालयका निमित्त निर्देशक प्रकाश डागीका अनुसार गत वर्ष ५७ हजार २ सय १ हेक्टर क्षेत्रफलमा गहुँ लगाएकोमा यस वर्ष ५३ हजार २ सय १८ हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो। जुन गत वर्षको तुलनामा ३ हजार ९ सय ८४ हेक्टर क्षेत्रफल कम हो।

निर्देशनालय विराटनगरका अनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा १४ सय ९८ हेक्टर क्षेत्रफमा गहुँ लगाएकोमा २ हजार ७ सय ८६ मेट्रिक टन, पाँचथरमा ३ हजार ७ सय ७ सइ २५ हेक्टर क्षेत्रफलमा लगाएकोमा ६ हजार ३५ मेट्रिकटन, इलाममा ४ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा लगाएकोमा ११ हजार ५ सय २६ मेट्रिकटन गहुँ उत्पादन भएको छ।

त्यस्तै, झापामा ३ हजार हेक्टर क्षेत्रफलमा लगाएकोमा ७ हजार ९ सय ५० मेट्रिक टन, धनकुटामा १२ सय ९५ हेक्टर क्षेत्रफलमा लगाएकोमा २ हजार ७ सय २० मेट्रिक टन, भोजपुरमा ४ सय २१ हेक्टर क्षेत्रफलमा लगाएकोमा ७ सय ६६ मेट्रिकटन गहुँ उत्पादन भएको छ।

त्यस्तै, तेह्रथुममा २३ सय ९६ हेक्टर क्षेत्रफलमा लगाएकोमा ४ हजार ७ सय ७२ मेट्रिकटन, संखुवासभामा ७ सय १४ हेक्टर क्षेत्रफलमा लगाएकोमा १७ सय १४ मेट्रिक टन, खोटाङमा १४ सय ९४ हेक्टर क्षेत्रफलमा लगाएकोमा २ हजार २ सय ११ मेट्रिक टन, ओखलढुंगामा २ हजार १ सय ५२ हेक्टर क्षेत्रफलमा लगाएकोमा ४ हजार ८८ मेट्रिकटन र सोलुखुम्बुमा २६ सय ६५ हेकटर क्षेत्रफलमा लगाएकोमा ५ हजार ३ सय ४ मेट्रिक गहुँ उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेश विराटनगरले जनाएको छ।

त्यसैगरी मोरङमा ११ हजार ९ सय ६० हेक्टर क्षेत्रफलमा लगएकोमा ३५ हजार ८ सय ८० मेट्रिक टन, सुनसरीमा १२ हजार २ सय ४८ हेक्टरमा लगाएकोमा ४१ हजार २ सय ९८ मेट्रिक टन गहुँ उत्पादन भएको छ। उदयपुरमा ५ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा लगाएकोमा १२ हजार ८ सय २५ मेट्रिकटन उत्पादन भएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्