बिर्तामोड , बैशाख ३० । विश्व हिन्दु महासंघको कोशी प्रदेश अध्यक्षमा आनन्द संतोषी राई सर्वसम्मत चयन भएका छन् ।

कोशी प्रदेशको अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । सोही अधिवेशनले १७ सदस्यीय कोशी प्रदेश कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा माधवप्रसाद भट्टराई (इलाम),महिला उपाध्यक्ष रिता खनाल (ताप्लेजुङ),सचिव राजकुमार खड्का(पाँचथर), सहसचिव भक्तिप्रसाद तिवारी ‘बिदुर’(झापा) र यशकुमार चापागाई(धनकुटा), कोषाध्यक्षमा इन्द्रनारायण प्रसाई (झापा), सहकोषाध्यक्षमा तुलसा पौडेल(झापा) तथा सदस्यहरुमा खड्गबहादुर घिमिरे, राधा खड्का र राजकुमार घिमिरे( संखुवासभा), मदन अधिकारी ,गोमा सिटौला,सरिता ओली,संतोष ओली(झापा), जीवा तिमाल तामाङ(पाँचथर), बिष्णुप्रसाद चालिसे(मोरङ) सर्वसम्मत चयन भएको अधिवेशन निर्वाचन मण्डलीका सदस्य अधिवक्ता रामप्रसाद घिमिरेले जानकारी दिए।

सोही अधिवेशनबाट चार सदस्यीय कोशी प्रदेश सल्लाहकार समितिसमेत चयन भएको छ । जसमा आचार्य छन्दुराम भण्डारी, आचार्य दामोदर न्यौपाने, पं. नरेन्द्र भट्टराई र स्वामी कृष्णा नन्द रहेका भएका छन्।
समिति चयन गर्नका लागि विश्व हिन्दु महासंघ केन्द्रीय महासचिव रामचन्द्र तिवारीको संयोजकत्वमा केन्द्रीय सदस्य तथा अधिवक्ता रामप्रसाद घिमिरे र केन्द्रीय सदस्य कुमार ओझा सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डली गठन गरिएको हो। संयोजक तिवारीले आगामी तीन बर्षे कार्यकाल रहनेगरी निर्वाचित समितिलाई सपथ ग्रहण गराएका छन् ।

यसअघि विश्व हिन्दु महासंघ झापा अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी, बिभिन्न स्थानमा गुरुकुल स्थापनाकर्ता धर्मानुरागी किशोर गौतम,केन्द्रीय उपाध्यक्ष ऋषिकेशजंग शाह, किरातगुरु चन्द्रकुमार शेर्मा,कन्काई कोटीहोम अध्यक्ष शेरबहादुर थापा, राष्ट्रिय हिन्दु एकता मञ्च अध्यक्ष इन्द्रप्रसाद ओली, सुनसरी जिल्ला अध्यक्ष आनन्द आचार्य, झापा कोषाध्यक्ष कृष्ण उप्रेतीलगायतले शुभकामना मन्तब्य राखेका थिए । विश्व हिन्दु महासंघ झापा शाखाको भवन बिराटपोखरमा केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उद्घाटन गरेको कार्यक्रमको संचालन झापा सचिव गणेश कार्की र स्वागत मन्तव्य झापा उपाध्यक्ष डिल्लीराम उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्