झापा,बैशाख ३१ । हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत झापाका ७९ प्रतिशतले औषधि सेवन गरेका छन् ।

बैशाख १६ देखि बैशाख ३० गतेसम्म संचालित आम औषधि कार्यक्रम अन्तर्गत जिल्लाका ८ लाख ४ हजार ७३७ जनाले औषधि सेवन गरेका हुन् । जुन ७९.४६ प्रतिशत हो । झापा जिल्लाको कुल जनसंख्या १० लाख १२ हजार ६४२ रहेको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले औषधि खाएका थिए । जिल्लाका १५ वटा पालिकामध्ये बिर्तामोडले शतप्रतिशतभन्दा बढी प्रगति गर्दै पहिलो स्थान ओगटेको छ । बिर्तामोडको कुल जनसंख्या १ लाख २० हजार ३३८ मध्ये १ लाख २० हजार ४८४ अर्थात १००.१२ प्रतिशतले औषधि खाएका छन् । त्यस्तै दोस्रो स्थानमा बुद्धशान्तिले कुल जनसंख्या ५३ हजार १० मध्ये ४९ हजार ३७५ जना अर्थात ९१.०३ प्रतिशतलाई औषधि खुवाएको छ । तेस्रो स्थान हासिल गरेको शिवसताक्षी नगरपालिकाले कुल जनसंख्या ७४ हजार ३६६ मध्ये ६७ हजार १२८ अर्थात ८८.२६ प्रतिशतलाई औषधि सेवन गराएको छ ।

त्यस्तै बाह्रदशी गाउँपालिकाले ३२ हजार ८०९ अर्थात ८६.६२ प्रतिशत ,गौरीगञ्जले ३० हजार ५८३ अर्थात ८६.५८ प्रतिशत , कचनकवल गाउँपालिकाले ३५ हजार ३८९ अर्थात ८६.६३ प्रतिशत कन्काई नगरपालिकाले ४६ हजार २५१ अर्थात ८५.३१ प्रतिशत , ,मेचीनगर नगरपालिकाले १ लाख ९ हजार ५९० अर्थात ८१.१२ प्रतिशत , झापा गाउँपालिकाले ३० हजार २५१ अर्थात ७६.६८ प्रतिशत , अर्जुनधारा नगरपालिकाले ६४ हजार ६४३ अर्थात ७४.४४ प्रतिशत , दमक नगरपालिकाले ८१ हजार ७३६ अर्थात ७२.९५ प्रतिशत , हल्दिवारी गाउँपालिकाले २३ हजार ६१५ अर्थात ७१.९६ प्रतिशत , कमल गाउँपालिकाले ३९ हजार ५५ अर्थात ७१.३९ प्रतिशत , गौरादह नगरपालिकाले ४१ हजार२८० अर्थात ६६.९२ प्रतिशत र भद्रपुर नगरपालिकाले सबैभन्दा कम ३२ हजार ५४८अर्थात ४५.७४ प्रतिशतलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाएको छ ।

गत वर्ष झापाको बुद्धशान्तिले सबैभन्दा धेरै ९२ प्रतिशत, गौरीगञ्जले ९१ प्रतिशत , हल्दिवारीले ८९ प्रतिशत , कमलले ८५ प्रतिशत ,बाह्रदशी र गौरादहले ८३–८३ प्रतिशत , बिर्तामोडले ८२ प्रतिशत , मेचीनगरले ८१ प्रतिशत , झापा र कचनकवलले ८०–८० प्रतिशत , शिवसताक्षीले ७१ प्रतिशत , भद्रपुरले ५३ प्रतिशत , अर्जुनधाराले ५० प्रतिशत र कन्काईले ४६ प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाएका थिए ।

गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको थियो । यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाई , कमलसहित केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्