झापा,बैशाख ३१ । गायिका श्रेजु वाग्लेको स्वरमा रहेको र्‍याप गीत ‘जय होस्’ सार्वजनिक भएको छ । शेखर वाग्ले–सिडको शब्द र सङ्गीत रहेको गीतमा डिजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

विकास प्रसाईको निर्देशन रहेको गीतको भिडियोमा गायिका श्रेजु,र्‍यापर निर्णय एनएसके, डिजेएलएक्स पौडेल, शेखरलगायत देखिएका छन् ।

राजधानीमा आइतबार एक कार्यक्रमबिच भिडियो सार्वजनिक गरिएको थियो । भिडियो बालबालिका तथा महिलामन्त्री भगवती चौधरी र सांसद रेखा यादवले केक काट्दै भिडियो सार्वजनिक गरेका थिए । भिडियो बाबाछोरी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्